जनता टाइम्स

१९ चैत्र २०७८, शनिबार १०:५३

प्रधानमन्त्री देउवाज्यु अब भाजपासँग पनि चुनावी गठबन्धन गर्ने हो ? – सुनिता बराल



काठमाडौं, चैत्र १९ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गरेको कुटनीतिक मर्यादाविपरितको कामको निन्दा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा गई नेपालको कुटनैतिक मर्यादालाई भुलेर लम्पसारवादी चरित्र भएको भन्दै अध्यक्ष बरालले अब भारतीय जनता पार्टीसँग पनि गठबन्धन गर्ने हो भन्नुभएको छ । मुलुकको प्रतिष्ठलाई दाउमा नराख्न चेतावनी दिँदै एमालेको केन्द्रीय सदस्य समेत रहकी बरालले छिमेकी मुलुकसँगको सम्बन्ध कसरी अगाडी बढाउने भन्ने बारे पूर्वप्रधानमन्त्री केपी ओलीको समयकाललाई आधार मान्न सुझाव समेत दिनुभएको छ । उहाँले भन्नुभएको छ , ‘भारतीय जनता पार्टीसँग पनि तथा कथित गठबन्धन गर्ने हो, प्रधानमन्त्री देउवाजी ? नत्र कूटनीतिक मर्यादा भुलेर, प्रोटोकल र भ्रमण तालिकामा हुँदै नभएको लम्पसारवादी चरित्र किन रु देशको प्रतिनिधित्व गर्दै गर्दा आफ्नो हैसियत नभुल्न खबरदारी गर्न चाहन्छौं,

तपाइको ब्यक्तित्व त नेपाली जनताले बुझेकै छन् तर देशको प्रतिष्ठा दाउमा नराख्नुस् । भ्रमण कस्तो हैसियतमा गर्नुपर्छ, छिमेकीसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा आफुले नजाने पनि पूर्वप्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीको समय हेरे पुग्ने थियो । भाजपाको कार्यालयमै पुग्ने शेरबहादुर देउवाको कदम सर्वथा अस्वीकार्य र गलत छ ।’