हेटौंडा, १२ वैशाख । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका नेता सुदिप राजवाहकले बागी उम्मेदवारी दिनुभएको छ । आज निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा गएर उहाँले बागी उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।
राजबाहक गत निर्वाचनमा कांग्रेसको तर्फबाट वडा समस्य समेत भइसकेका छन् । कांग्रेसले हेटौंडा–२ मा दुई जनालाई टिकट दिइसकेको छ ।
उम्मेदवारी दिएका राजवाहकले दुई जनाले दुई तिर नै दिएर टिकट किनेको आरोप लगाउनुभयो । ‘अरुले पैसा दिए मैले दिन सकिनँ, त्यही भएर मैले टिकट नपाएको हो,’ राजवाहकले भन्नुभयो । कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने उहाँको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्