काठमाडौं, बैशाख २७ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका दलहरुसँग गठबन्धन बनाएर चुनावमा होमिनुभएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै दलका नेताहरुले भेटन अस्वीकार गरेका छन । देउवाले कांग्रेसको नीति र सिद्धान्तलाई आफ्नो पदका लागि दाउमा राखेको ठहरसहित दुई जना नेताले आफ्नै पार्टीका सभापति र प्रधानमन्त्रीलाई भेटन इन्कार गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता पुष्करनाथ ओझा र जगन्नाथ पौडेल हुनुहुन्छ। नेता ओझा कैलाली र पौडेल चितवनमा प्रभावशाली मानिनु हुन्छ । देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गर्नुभएको हो । ओझालाई सोमबार दिउँसो देउवाले भेट्न चाहनुभएको थियो। तर, ओझाले भेटका लागि समय दिनुभएन ।
ओझासँग भेट्ने चाहना पूरा नभएपछि देउवा सोमबार नै गृहजिल्ला डडेल्धुरा जानुभएको छ । आज त्यहाँको विभिन्न ठाउँमा आयोजना हुने चुनावी सभालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । आफ्नो गृहजिल्ला डडेलधुरा नै धरापमा परेको निश्कर्षसहित देउवा तीन दिन बस्न आउनु भएको हो । डडेलधुरामा कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले एमालेसँग तालमेल गरी निर्वाचनमा होमिनुभएको छ । यही कारण पराजयको डिलमा पुगिएको भन्दै देउवा दलबलसहित गृहजिल्ला पुग्नुभएको हो ।
यसअघि, २१ वैशाखको साँझ र २२ वैशाखको बिहान देउवाले चितवनमा पौडेलसँग भेट गर्न चाहनु भए पनि संभव भएन। तर, जगन्नाथले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चाहिँ छोटो समय भेट दिनुभयो। देउवालाई भने भेट्नै चाहनु भएन । त्यसपछि देउवा गठबन्धनको चुनावी सभालाई मात्र सम्बोधन गरेर काठमाडौ फर्किनुभयो ।
यी दुई नेतालाई स्थानीय निर्वाचनअन्तर्गत मतदान गर्ने दिन नजिकिएका बेला देउवाले भेट्न चाहनुको एउटै कारण हो– गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्न चाहनु । दुवै नेता भने पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीमा परेका हुन् । साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने भने देउवा नै हुनुहुन्छ ।
यही १६ वैशाखमा पौडेललाई भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएको र २०७४ को संसदीय निर्वाचनमा देउवा पत्नी डा. आरजु राणालाई असहयोग गरेको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको हो । कारबाहीपछि दुवै नेता कांग्रेसमा हुनुहुन्न । तर, स्थानीय निर्वाचनको बेला भने देउवाले तिनै नेताहरूको साथ खोज्नुभएको हो । पौडेलको उम्मेदवारीले गठबन्धनको उम्मेदवार दाहाललाई चुनौती थपिएको छ ।
धनगढी उपमहानगरपालिकामा पनि ओझा मौन रहँदा कांग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई समस्या छ । ओझा पूर्व सञ्चार राज्यमन्त्री र पौडेल पूर्वराष्ट्रिय सभा सदस्य हुनुहुन्छ । कैलालीमा देउवाको भन्दा ओझा













प्रतिक्रिया दिनुहोस्