जनता टाइम्स

३० बैशाख २०७९, शुक्रबार ०७:५८

एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले बागबजार पुगेर गर्नुभयो मतदान


काठमाडौँ ३० बैशाख — काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गर्नु भएको छ ।
महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उहाँले बिहान ७ बजेपछि मतदान गर्नु भएको हो । शुक्रबार बिहान ७ बजेदेखि नै देशका अधिकांश स्थानमा मतदान सुरु भएको छ ।

काठमाडौं महानगरमा स्थापितविरुद्ध सत्ता गठबन्धनको तर्फबाट सिर्जना सिंह मेयरको उम्मेदवार हुनुहुन्छ । यस्तै बालेन शाह स्वतन्त्र रुपमा मेयरको प्रतिस्पर्धामा छन् ।