जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १८:१२

प्रेम आलेको गाउँपालिकामा एमालेको अग्रता


डोटी, बैशाख ३१ ।  नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ ।

अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा एस २२३ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन् । आले सोही गाउँपालिको रुवसकाँडाका मतदाता हो ।