धादिङ, २१ जेठ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थांक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक बेलकोटगढी नगरपालिका बस्ने अन्दाजी ३०–३५ वर्षको कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
धादिङमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु













प्रतिक्रिया दिनुहोस्