काठमाडौं, साउन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताले पुर्णता पाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले हिजा राती पार्टी एकताको बाँकी काम टुंगो लगाएसँगै एकताले पुर्णता पाएको हो ।
हिजोको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच कार्यबिभाजनदेखि बिभाग गठनसम्म सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई सहयोगी नेतासहितको अध्यक्षद्वयको बैठकमा केन्द्रीय सदस्यको कार्यबिभाजनमासहमति जुटेको हो । एकताको बाँकी काम टुंगो लगाउन अध्यक्ष ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम र इश्वर पोखरेलसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो भने अर्का अध्यक्ष प्रचण्डले पनि नेताहरुबीच बिवाद नहोस भनेर परामर्श गर्नुभएको थियो । सवै नेताको सुझावअनुसार ओली र प्रचण्ड सहमतिमा पुग्नुभएको हो ।
आजको बैठकमा महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासमेत सहभागी हुनुभएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीचको सहमति सचिवालय बैठकबाट पारित भएपछि औपचारिकता पाउने छ । सोही कामका लागि अध्यक्षद्वय ओली र प्रचण्डले साउन ५ गते सचिवालय बैठक बोलाउनु भएको छ ।
महासचिव पौडेलका अनुसार कार्यबिभाजन केन्द्रीय निकाय, बिभाग, बिशेष कमिटीलगायतका पार्टी एकताका सबै काम सकिएको छ । यसअघि नै राजनीतिक प्रतिवेदन प्रकाशनका लागि पठाइ सकिएको छ । अध्यक्ष प्रचण्डले नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता टुंग्याउने घोषणा गर्नुभएको थियो ।
‘हामी दुवै अध्यक्ष ९प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड० ले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने भनेका थियौं, त्यसै अनुसार तीन दिनदेखि हामी गम्भीर गृहकार्यमा जुटेका छौं,’ अध्यक्ष प्रचण्डको भनाई थियो ‘पार्टी एकताको सवै काम टुंगो लगाउँछौं ।’ केही दिनदेखि एकताको काम सकाउन आफूहरु लागिरहेको भन्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म आधारभुत रुपमा सवै काम सकाउने बताउनु भयो ।
उहाँले कार्यबिभाजन, जेष्ठ, कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी, बिशेष कमिटी, केन्द्रीय बिभागको एकता टुंगिएको जानकारी पनि दिनुभएयो । ‘जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार, केन्द्रीय बिभाग, निकायको काम टुंगो लागिसकेको छ ।’ अध्यक्ष प्रचण्डका अनुसार सवै बिषयलाई दस्तावेजीकरण गरी केन्द्रीय सचिवालय बबैठकमार्फत अनुमोदन गरिने छ । सचिवालयको अनुमोदनपछि स्थायी कमिटी बैठकमा लगेर पुनः अनुमोदन गराइने छ । ‘सचिवालय, स्थायी समिति बसेर त्यसलाई अन्तिम रुप दिने र केन्द्रीय कमिटी बैठक बसाएर एउटा अभियानसहित देशभरी जाने निर्णय हुन्छ,’ प्रचण्डले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्