काठमाडौं, जेठ २८ । नुवाकोटको ककनीमा एक व्यक्ति विद्युत हाइटेन्सन प्रसारण लाइनमामा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।
ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन ।
उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको बिद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताउनु भएको छ । ‘अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन बन्द गरेका छौं, ६०/६२ मेगावाट विजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको छ,’ भट्टराईले भन्नुभयो । प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन ।
प्रतिक्रिया दिनुहोस्