काठमाडौं, २८ जेठ । नेपाली सेनाको हेलिकोप्टरले नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रेम बिकको उद्धार गरेको छ । ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बिकको उद्धारका लागि केहीबेर अघि मात्रै सेनाको हेलिकोप्टरले उद्दार गरेको हो ।

स्थानीय जयबहादुर तामाङले बिकको उद्धारका लागि सेनाको हेलिकोप्टर पुगेको बताउनुभयो । ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बेलकोटगढी नगरपालिकाका बिक अहिले लिखु गाउँपालिका पुगेका थिए । आज बिहान १० बजे पोलमा चढेका उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए ।

सन्की स्वाभावका व्यक्ति बिजुुलीको तारमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली– ‘३ ए’ को उत्पादन नै बन्द गर्नु परेको थियो । विद्युत सप्लाई बन्द हुँदा लाखौं रुपैयाँ घाटा भएको प्राधिकरणले जनाएको छ । बिजुली सप्लाई गर्दा उक्त व्यत्तिलाई करेन्ट लागेर मृत्यु हुनसक्ने खतरा रहेकाले विद्युत सप्लाई बन्द गरिएको हो । यसअघि विकलाई मानिसहरुले तलबाट अनेक प्रयास गरेर फकाउँदा पनि उनी ओर्लन मानेका थिएनन् ।













प्रतिक्रिया दिनुहोस्