जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार २२:३०

माइला विकलाई बिद्युत प्रशारण लाइनको तारबाट उद्धार गरी काठमाडौं ल्याइयो


काठमाडौं, २८ जेठ । नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएका ४४ वर्षे माइला विकलाई काठमाडौं ल्याइएको छ । उनका कुनै पनि आफन्त सम्पर्कमा नआएपछि पाटनस्थित मानसिक अस्पतालमा बुझाउन उनलाई काठमाडौं ल्याइएको हो ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ घलेगाउँका माइला विकले ११ घण्टासम्म प्रहरी र जनप्रतिनिधिलाई हैरान पारेका थिए ।

उनी शनिबार बिहान १० बजे बिजुलीको पोलहुँदै तारमा चढेका थिए । यही कारण त्रिशूली थ्रीए जलविद्युत आयोजनाको उत्पादन ११ घण्टासम्म बन्द गरिएको थियो ।बिद्युत बन्द हुँदा एक करोड प्राधिकरणलाई घाटा लागेको छ । उनी मानसिकरूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ । दिनभर प्रयास गर्दा पनि प्रहरी र स्थानीय जनप्रतिनिधिले नसकेपछि सेनाले घटनास्थलमा पुगेर बिकलाई ओरालेको थियो ।