काठमाडौं, असार १७ । सर्वोच्च अदालतले पर्यटन बोर्डका सदस्यद्वय कृष्ण शाह र ङावा ङिमा शेर्पालाई हटाउने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज यस्तो आदेश दिएको हो ।
अदालतको यो आदेशसँर्ग शाह र शेर्पा पुनर्वहाली हुनुभएको छ । पर्यटनमन्त्री प्रेम आलेले छाडने बेलामा आतंक मच्चाउँदै निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गर्नुभएका शाह र शेर्पालाई पूर्वाग्रही ढंगबाट हटाउनु भएको थियो । आफूहरूलाई हटाउने निर्णयविरुद्ध शाह र शेर्पा अदालत जानुभएको थियो ।
सर्वोच्चले दुवै सदस्यको बर्खास्ती सम्बन्धमा कारण देखाउ आदेशसमेत जारी गरेको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी हटाउन असहयोग गरेको भन्दै मन्त्री प्रेम आलेले दुई जनालाई हटाएर नयाँ सदस्य नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो ।
सीईओ रेग्मीलाई हटाउन छानबिन समिति गठनसँगै निलम्बनमा परेपनि सर्वोच्च अदालतले उहाँमाथि कुनै पनि कारबाही अघि नबढाउन आदेश दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्