काठमाडौं, साउन ४
विभिन्न चोरीको घटना हामीले दैनिक रुपमा सुन्दै तथा देख्दै आएका छौं । तर, काठमाडौंमै अचम्म अचम्म चोरीका घटना सार्वजनिक हुन थालेको छ ।
नैकाप, कलंकी र घट्टेकुलोमा चोरीका घटना सार्वजनिक भएका हुन् । चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने नकुल श्रेष्ठको घरबाट नगद तथा सुनचाँदीका गरगहना समेत गरी करिब १ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने नुवाकोट तारुका गाउँपालिका–७ घर भएकी मनिता भण्डारीको डेरा कोठाबाट नगद तथा सुनको बिभिन्न गरगहना समेत गरी करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।
यस्तै काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने मकवानपुर घर भएका ३८ वर्षीय बाबुराम उपाध्यायको किराना पसलबाट नगद २ लाख ५० हजार रुपैयाँ, ब्ल्याकलेवल रक्सी १२ थान, रेड लेवल रक्सी १२ थान र वाईन ८ थान समेत गरी करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।
प्रतिक्रिया दिनुहोस्