काठमाडौं, १ साउन । आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।अहिले दक्षिणतर्फ रोकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।
मङ्गलवार रातिदेखि तीनरचार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आउने मङ्गलवारदेखि केही दिन सकेसम्म यात्रा नगर्न पनि मौसमविद्ले सल्लाह दिएका छन् ।
पानी नपर्दा केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो र सुक्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही शीतल महसुस भए पनि तराईका जिल्लामा केही दिनयता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ ।













प्रतिक्रिया दिनुहोस्