जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार १८:०८

एमाले काठमाडौं जिल्ला कमिटिको चौथो बैठक सम्पन्न, यी हुन् निर्णयहरु


काठमाडौं, ५ साउन । नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको चौथो बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय धुम्बाराईमा आयोजित बैठकले गत स्थानीय तहको निर्वाचनको समिक्षा, चुनौती र समाधानमा केन्द्रित हुँदै महत्वपूर्ण निर्णयहरु गरेको छ ।

यी हुन् निर्णय

साउन ७ गते – पार्टी अध्यक्षको उपस्थितीमा ४५ औंं पुष्पलाल स्मृति दिवस मनाउने
साउन ११ गते – जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने
साउन १३ गते – निर्वाचन क्षेत्र नं १ देखि ५ सम्म अभिमुखिकरण कार्यशालाको आयोजना गर्ने
साउन १४ गते – क्षेत्र नं ६ देखि १० सम्म अभिमुखिकरण कार्यशालाको आयोजना गर्ने
साउन १६ गते – वसन्तपुरमा भेला भएर महंङ्गगीबिरुद्ध प्रदर्शनको आयोजना गर्ने
भदौं १८ गते – प्रथम जिल्ला परिषदको आयोजना गर्ने

कमिटिले तोकेको वडाको इन्चार्ज, नगर कमिटिले तोकेको नगर इन्चार्ज, वडा कमिटिको अध्यक्ष र सचिवको उपस्थित रहने बताइएको छ । प्रदेश कमिटिबाट खटिएको उत्प्रेरक कार्यशालामा सहभागि हुन पाउने जानकारी दिईएको छ । बैठकमा चुनावमा हार व्योहोर्नुपर्ने मुख्य कारणको टिप्पणी गर्दै वैचारिक कामलाई प्राथमिकता दिनुपर्ने बताइएको छ ।

विचार र व्यवहारको रुपमा रहेको खाडललाई कम गर्नुपर्ने, सांगठनिक शक्तिलाई विश्वास गर्ने परिपार्टीको विकास गरिनुपर्ने, कामको नयाँ क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, आन्तरिक र बाह्य अवसरमा निरन्तर रुपमा एकै व्यक्ति र स्थानमा मात्रै केन्द्रित गर्न नहुने जस्ता बिषयमा छलफल भएको काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो ।

बैठकमा काठमाडौं जिल्ला इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ, सह इन्चार्ज विद्या सुन्दर शाक्य, नारायण सिलवाल, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, बागमती प्रदेश इन्चार्ज काशीनाथ पाण्डे, काठमाडौं जिल्ला उपसचिव तेज बहादुर ढकाल, विन्दु महर्जनको उपस्थिती रहेको थियो ।