काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको चालू आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिले कर्जा विस्तारमा कडाइ गरेको छ । बैैंकहरूलाई जम्मा १२ प्रतिशतको सीमाभित्र मात्रै कर्जा विस्तार गर्न पाउने व्यवस्था गरेको छ । यसले चालू आवमा बैैंकहरूले अधिक कर्जा विस्तार गर्न पाउँदैनन् ।
बैंकहरू मर्जरमा जाँदा हाल मर्जर प्रक्रिया पूरा भएर एकीकृत कारोबार नभएसम्म रोकिने गरेको शेयर कारोबार भने अब खुला हुने भएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको शेयर रोक्का नगर्ने नीति अबलम्बन गरेको छ ।
हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्