काठमाडौं, १२ साउन । झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । भद्रपुर नगरपालिका–७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै डाक्टरले उहाँलाई मृत घोषणा गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्