जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार ०८:५९

चन्द्रागिरिमा राँगोले आतंक मच्चाएपछि गोली हानेर मारियो


काठमाडौं, १३ साउन । काठमाडौंमा एउटा राँगोले वितण्डा मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगो मारेको हो ।

चन्द्रागिरी नगरपालिका– ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि आज बिहान एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।