जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार ०८:२४

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु


दाङ, १४ साउन । दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ ।शुक्रबार बेलुका गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन । घाइते बालिकालाई उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै उनको मृत्यु भएको थियो ।प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।