एजेन्सी । शारीरिक सम्बन्ध राख्दा पार्टनरको अनुमतिबिना कण्डम नलगाएमा अपराध मानिनेछ । क्यानडाको सर्वोच्च अदालतले यौन उत्पीडनको एक मुद्दामा पनि यस्तै आदेश दिएको छ ।
मिडिया रिपोर्टका अनुसार यो घटना २०१७ को हो, जसमा एक जोडीले अनलाइन मित्रता गरेपछि भेटका क्रममा शारीरिक सम्बन्ध बनाएका थिए। दोस्रो पटक यौनसम्पर्क गर्दा पुरुषले महिलालाई थाहै नदिई कण्डम लगाएनन् । यो कुरा थाहा पाएपछि उनले एचआइभीबाट बच्न औषधि खाइन् ।
त्यसपछि महिलाले प्रतिवादी रोस म्याकेन्जी किर्कप्याट्रिकमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । तर पुरुष पार्टनर किर्कप्याट्रिकको तर्क थियो कण्ड लगाउने नलगाउने भन्दा पनि उनले यौन सम्वन्ध राख्न सहमति जनाएकी थिइन् । ट्रायल न्यायाधीशले किर्कप्याट्रिकको यही तर्कलाई स्वीकार गर्दै आरोप खारेज गरेका थिए ।
यस मामिलामा तल्लो अदालतको निर्णय ब्रिटिश कोलम्बियाको पुनरावेदन अदालतले उल्टाएको थियो । पुनरावेदन अदालतले पुन ः सुनुवाईको आदेश दिएको थियो । किर्कप्याट्रिकले गत वर्ष नोभेम्बरमा देशको सर्वोच्च अदालतमा यस निर्णयको विरुद्धमा अपील गरे ।
सो मुद्दा सुनुवाइको क्रममा, अदालतले भन्यो कण्डमको प्रयोग अप्रासंगिक, माध्यमिक वा आकस्मिक हुन सक्दैन । किनभने उजुरीकर्ताले यसको प्रयोग अनिवार्य हुनु पर्ने गरी यौन सम्वन्धको सहमति गरेकी थिइन् ।
यसका लागि, प्रतिवादीका वकिलले भनेका छन् ‘फौजदारी संहिताको यो नयाँ व्याख्याले यौन सहमतिका लागि नियमहरूमा ठूलो परिवर्तन गर्नेछ, यसलाई पहिले नै हस्ताक्षर गर्न सकिने बाध्यकारी सम्झौता जस्तै बनाउँछ।’
यस विषयमा बेलायत र स्विजरल्याण्डको अदालतले शारीरिक सम्बन्ध राख्दा कण्डम नलगाएको अपराधमा दोषी ठहर गरेको फैसलामामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्