जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ०९:२६

मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल, पारस चोटका कारण नखेल्ने


काठमाडौं, साउन ८

आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । वर्षाका कारण खेल ९ ओभरमा झारिएको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन् ।

कप्तान पारस खड्काले चोटका कारण खेल्न नसक्दा ज्ञानेन्द्र मल्लले टोलीको कप्तानी गरेका छन् । कतारविरुद्धको खेलमा खेलेका दुई खेलाडी परिवर्तन गरिएको छ । पारस र ललितको स्थानमा रोहित पौडेल र प्रदिप ऐरी टोलीमा आएका छन् । नेपाललाई अर्को चरणमा पुग्न आजको लागि जित्नै पर्ने हुन्छ ।