काठमाडौं, ९ भदौ । कार्यालय पोशाकमै ‘डगी डान्स’ गरेपछि आलोचित बनेका स्वास्थ्यकर्मीले माफी मागेका छन् । दाङको बबई गाउँपालिकाले सञ्चालन गरेको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले ‘डगी डान्स’ गरेपछि चौतर्फी आलोचना भएको हो । विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको दिन कार्यालयमै अस्पताल प्रमुखसंग अनुमति लिएर उहाँहरुले तीज बिशेष कार्यक्रम गर्नुभएको थियो ।
तीज बिशेष कार्यक्रममा कार्यालयको पोशाकमै रहेका बेला अस्पतालमा कार्यरत कार्यालय सहयोगी सन्ध्या बुढाले उक्त नाच प्रस्तुत गर्नुभएको थियो । त्यो नाच प्रिङ्का वलीको मोवाईलमा खिचिएको थियो । प्रिङ्काले त्यसलाई आफ्नो टिकटकमा राखेपछि उहाँहरुको चौतर्फी आलोचना भएको छ । त्यसपछि त्यो टिकटक सामाजिक सञ्जालमा भाइरल भयो ।
धेरै टिकाटिप्पणी भएपछि स्वास्थ्यकर्मीहरुले सामूहिक रुपमा माफी मागेका छन् । बिहीबार उहाँहरुले टिकटकबाटै माफी माग्नुभएको थियो । उहाँहरुले गीत र भिडियो भुलबस पोष्ट भएकोमा माफी माग्नुभएको छ । सामाजको आफ्नो दायित्व नभुल्ने र मर्यादामा रहेर सेवा गर्ने जिम्मेवारीबाट आफूहरु बिमुख नभएको उहाँहरुको भनाई छ । यो न्यूज पहिलो पटक भिडियो सहित जनता टाइम्सले प्रकाशन गरेका थियो ।













प्रतिक्रिया दिनुहोस्