जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार ०६:५५

बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, भदौ १५  । जल तथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान शाखाका अनुसारदिउँसो दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

जल तथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ । यसैगरी, राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ ।

मौसम बिभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।