पोखरा, भदौ १९ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि पूर्वगृहमन्त्री खगराज अधिकारीसहित १५ जनाको नाम सिफारिश गरेको छ ।
आज बसेको निर्वाचन क्षेत्रीय कमिटी बैठकले अधिकारीसहित १५ जनामध्ये एकलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिश गरेको हो ।
सिफारिशमा पर्नेमा अधिकारी, दिलिप न्यौपाने, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुंगाना, मनबहादुर गुरुङ, बालसिंह काउछा मगररहनु भएको छ ।यस्तै हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुवेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारीको सिफारिश भएको छ । सर्वसम्मतीको प्रयाश बिफल भएपछि कमिटीले सवैको नाम पठाएको हो ।













प्रतिक्रिया दिनुहोस्