जनता टाइम्स

२४ भाद्र २०७९, शुक्रबार ०८:०७

एमाले कर्णालीले बनायो ३१४ सदस्यीय निर्वाचन परिचालन कमिटि, यस्ता छन प्रदेश कमिटि बैठकले गरेका निर्णय


काठमाडौँ, २४ भदौ ।  नेकपा एमालेले कर्णाली प्रदेशमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटि गठन गरेको छ । एमाले कर्णाली प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले प्रदेश अध्यक्ष विनोद कुमार शाहको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटि गठन गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो । यस्तै शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन गरेको छ । बैठकले टोलसम्म ७ तहका निर्वाचन परिचालन गर्ने पनि निर्णय गरेको छ ।