जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार ०२:२६

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा ढकाल


भैरहवा, २६ भदौ । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

महासंघको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाईं (कपिलवस्तु), सचिव रुपनी जिएम (बाँके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरूमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल खत्री (गुल्मी), सजना कार्की (पूर्वी रुकुम), वसन्त बिक (अर्घाखार्ची), असोक पौडेल कपिलवस्तु, विमल पुरी (रुपन्देही) रहेका छन् । यसैगरि अधिवेशनले सल्लाहकारहरू मनोज पौडेल (कपिलवस्तु), वसन्त गिरी (कपिलवस्तु), हरि शर्मा (नवलपरासी), सञ्जय रिजाल (प्युठान), शम्भु पन्त (रुपन्देही) रहनुभएको छ ।

एक समारोहबीच आज नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको महासचिव विक्रम खड्काले उद्घाटन गर्दै फोटो पत्रकारिता पत्रकारिताको विधाको रूपमा रहेको बताउनुभयो । फोटो पत्रकारितामा लुम्बिनी प्रदेशको अगाडी रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा संस्थागत रूपमा लाग्न आग्रह गर्नुभयो ।

महासंघका अध्यक्ष मनोज पौडेलले नवनिर्वाचित अध्यक्ष हरिश ढकाललाई माइन्युट हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा प्रदेशका फोटो पत्रकारहरूलाई संगठित गर्न सफल भएको बताउनुभयो । महासंघको आधार तयार भएको भन्दै अब यसलाई रचनात्मक रूपमा अघि बढाउन नवनिर्वाचित पदाधिकारी, सदस्यलाई सुझाव दिनुभयो।

कार्यक्रममा निवर्तमान उपाध्यक्ष सी.पी. खनालले देश चिनाउने र पत्रकारिताको विधाका रूपमा रहेको फोटो पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले आफ्नो कार्यकालमा फोटो थोरै तर प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता जनाउँदै फोटो पत्रकारिता तालिम तथा अन्तरक्रिया गर्ने बताउनुभयो ।

यसैगरि अधिवेशनले चितवनमा हुने केन्द्रीय महाधिवेशनमा केन्द्रीय प्रतिनिधि चयन गर्ने र प्रदेशको प्रतिनिधित्व गर्ने गरी अध्यक्षलाई अधिकार दिइएको छ । यसैगरि प्रदेश समितिको कार्यालय बुटवलमा स्थापना गर्ने र सोको व्यवस्थापन अध्यक्ष र कोषाध्यक्षले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ ।