जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १७:२२

१५ वर्षीया बालिकासँग ५० वर्षीय मौलानाको यस्तो हर्कत, पोलखुलेपछि . . .


एजेन्सी, २३ असोज । भारतको मध्य प्रदेशको इन्दौरमा एउटा लज्जास्पद घटना सार्वजनिक भएको छ । मदरसामा पढाउने मौलानामाथि आफ्नै एक नाबालिग विद्यार्थीले गम्भीर आरोप लगाएकी छन् । यसपछि प्रहरीले मौलानाविरुद्ध मुद्दा दर्ता गरी कारबाही थालेको छ ।

इन्दौरका एडीसीपी प्रशान्त चौबेले यस मामिलामा कडा कारबाही गरिने बताएका छन् । प्रहरीका अनुसार बालिका मदरसाका मौलानाकहाँ पढ्न जाने गर्थिन् । त्यही क्रममा मौलानाले उनलाई यौन दुर्व्यवहार गर्थे । जब युवतीले घरमा यो कुरा बताइन्, तब वास्तविकता थाहा भयो ।

कोठामा बोलाएर यौन क्रियाकलाप
१५ वर्षीया युवतीले प्रहरीमा दिएको उजुरीमा आफू मौलानासँग पढ्न मदरसा जाने गरेको बताएकी छन् । मौलानाले पढाउने बहानामा उनीको यौनाङ्गमा खेल्ने, चलाउने गर्ने गर्दथे ।

नाबालिग युवतीले प्रहरीलाई दिएको उजुरीमा मौलानाले एक्लै कोठामा बोलाएर उनको गोप्य अंग छुने गरेको बताएकी छन् । बालिका विगत डेढ महिनादेखि मौलानाकहाँ पढ्न जाने गर्दथिन् । पढाउने बहानामा मौलानाले उनीसँग यस्ता काम गर्थे । त्यसपछि युवतीले सबै घटना परिवारका सदस्यलाई बताएकी थिइन् ।

युवतीको घटना सुनेपछि परिवारका सदस्यले पत्याउन सकेनन् । बालिका विगत डेढ महिनादेखि मौलानासँग पढ्न जाँदै थिइन् ।

मौलानाले परिवारका सदस्यलाई कुटपिट गरे
बालिकाको गुनासो सुनेपछि उनका परिवारका सदस्य मौलानाकहाँ गए । मौलानाले उनीहरूलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । बालिकाका अभिभावकले प्रहरीलाई मौलानाले आफूहरूलाई दुर्व्यवहार गरेको र कुटपिट गरेको बताएका छन् ।

यसपछि बालिकाका आमाबुवाले मौलानाविरुद्ध चन्दन नगर प्रहरी चौकीमा उजुरी दिएका थिए । पुलिसले आरोपी मौलाना विरुद्ध पोस्को ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ। एडीसीपी प्रशान्त चौबेले आरोपित मौलानालाई छिट्टै पक्राउ गर्ने बताए । प्रहरीले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ ।