काठमाडौं, साउन १८ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने हुनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाउनुभएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।
जयशंकर दुई दिने भ्रमणका लागि भदौंको पहिलो हप्ता नेपाल आउने गरी तयारी अघि बढाइएको छ। आधिकारिक रुपमा मिति तय हुन बाँकी छ। भ्रमणका बेला दुई देशको आपसी हित र सहयोगका बारेमा महत्वपूर्ण भेटवार्ता हुने बताइएको छ। स्रोतका अनुसार विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउन लाग्नुभएको हो । जयशंकरले नेपाल रहँदा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका प्रमुखहरु तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
जयशंकरको भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमण तालिकालाई अन्तिम रुप दिने तयारीसमेत अघि बढेको छ। भारतीय राष्ट्रपति निकट भविष्यमै नेपाल आउने सहमति यसअघि नै भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्