काठमाडौं, ११ कात्तिक । अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत आजको लाति तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ ।
वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो ।
बर्षाका कारण अष्ट्रलियाको जनजीवनसमेत प्रभावित भएको छ । आयरल्याण्डले भने तीन खेलबाट ३ अंक हात पारेको छ । टी–२० विश्वकपअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्