जनता टाइम्स

१४ कार्तिक २०७९, सोमबार १३:४९

प्रेस चौतारीमै फर्किए नेकपा एस निकट पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष


रुपन्देही, कात्तिक १४ । नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विकास बञ्जाडे नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ ।

उपाध्यक्ष बञ्जाडेलाई आज नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल र प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज
प्रदीप आचार्यसहितका नेताहरुले स्वागत गर्नुभयो ।

यसअघि प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य रहेका बन्जाडे पार्टी विभाजनपछि नेकपा एसमा लाग्नुभएको थियो । सोमबार बन्जाडेलाई स्वागत गर्दै नेकपा एमालेका उपाध्यक्ष पौडेलले एमालेबाट नै देश बनाउने अभियानमा पुनः जोडिने उचित जिम्मेवारी दिइने बताउनु भयो ।

पौडेलले हरेक क्षेत्रबाट पार्टी बाहिर रहेका व्यक्तिहरू धमाधम प्रवेश गरिरहेको अवस्थाले एमाले भविष्य बलियो बनेको र एमाले बलियो बन्नु नै देश बलियो बन्नु भएको बताउनु भयो ।

बन्जाडेलाई स्वागत गर्दै प्रेस चौतारीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्यले संगठन बाहिर रहेको बीचको अवधिलाई बिर्सेर आफ्नो जिम्मेवारीमा रहन आग्रह गर्दै अब बाहिर रहेका धेरै साथीहरू आउने तयारीमा रहेको बताउनु भयो ।

पछिल्लो समय नेकपा एमाले र प्रेस चौतारी नेपालले नेकपा एसतिर लागेका केही आपराधिक मनोबृत्तिका नेताबाहेक सवैलाई घर फर्काउने अभियान नै चलाएको छ । सोही अभियानका क्रममा बञ्जाडे पुरानै घर फर्कनु भएको हो ।