काठमाडौं, कात्तिक १५ । काठमाडौं उपत्यकामै दुई बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । भक्तपुर र ललितपुरमा बालिकामाथि बलात्कार गरिएको हो ।
प्रहरीका अनुसार भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन भने ललितपुरमा १६ बर्षीया बालिकमाथिा बलात्कार गरिएको पाइएको हो । भक्तपुरमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै काठमाडौंको कलंकीस्थित एक गेष्ट हाउसमा १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्