जनता टाइम्स

२४ कार्तिक २०७९, बिहीबार १६:२६

प्रमुख निर्वाचन आयुक्तसँग युरोपियन युनियनका राजदूतको भेट


काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले भेट गर्नुभएको छ ।

आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेटवार्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।