अछाम, मंसिर ७ । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शेरबहादुर कुँवर विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । कुँवर ४ हजार ४८९ मतान्तरले कुँवर विजयी हुनुभएको हो । एमाले नेता भीम रावलले चुनावमा असहयोग गरेपछि नेकपा एमालले आफ्नो विरासत गुमाएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ , हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१ स्वतन्त्र उम्मेदवार हिक्मत कुँवरले १०२ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभातर्फ खसेका ४१ हजार ६ सय ४३ मतमध्ये १९७७ मत बदर भएका छन्। बदर मतहरुमा अधिकाश सबै चिन्हमा छाप लगाएको पाइएको छ।













प्रतिक्रिया दिनुहोस्