जनता टाइम्स

७ मंसिर २०७९, बुधबार २२:२४

गठबन्धनकी उम्मेदवार पराजीत : मतगणना नसकिँदै सूर्य थापाको जित सुनिश्चित


काठमाडौं, ७ मंसिर । नेकपा एमालेका नेता सूर्य थापा मतगणना नसकिँदै विजयी हुनुभएको छ ।

५ हजार २७ मत गन्न बाँकी रहँदा थापाले गठबन्धनसँग ५ हजार २३३ मतको अग्रता लिनुभएको छ ।

थापाले ३८ हजार ८९४ मतका साथ अग्रता लिइरहदा गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले ३३ हजार ६६१ मत पाउनुभएको छ। अब प्युठान नगरपालिकाको ८,९ र १० वडाको मत गन्न बाँकी छ तर थापाले बिजयका लागि आवश्यक मत पाईसक्नुभएको छ।