जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ०७:३५

टिकटको लोभमा माओवादी रोजेका योगेन्द्रलाई शाहले चखाए हारको स्वाद


दैलेख, ९ मंसिर । दैलेख निर्वाचन क्षेत्र निर्वाचन–२ प्रदेश सभा ९२०मा नेकपा एमालेका विनोदकुमार शाह विजयी हुनुभएको छ । उहाँले वाम–लोकतान्त्रि गठबन्धनबाट उम्मेदवार माओवादीका योगेन्द्र शाहीलाई हराउनुभएको हो । शाहले योगेन्द्रलाई ८४ मतले पराजीत गर्नुभएको हो ।

शाहले ९ हजार ४६४ मत प्राप्त गरेर प्रदेश सभामा विजयी हुनुभएको हो । शाहका प्रतिद्धन्द्धी योगेन्द्रले ९ हजार ३८१ मत पाउनुभयो । योगेन्द्र टिकट नपाएपछि एमाले पार्टी परित्याग गरी रातारात माओवादीमा प्रवेश गर्नुभएको थियो। उहाँलाई पूर्वसहकर्मी शाहले हारको स्वाद चखाउनुभएको हो ।

एमाले पार्टीभित्रै विद्रोह गरेर योगेन्द्रले टिकटकै लागि माओवादीमा प्रवेश गर्नुभएको थियो ।