जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १९:०२

समानुपातिकमा कन्तबिजोग : प्रधानमन्त्री–गृहमन्त्री पत्नी बने सांसद


काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसले प्रधानमन्त्री र गृहमन्त्रीको पत्नीलाई समानुपातिक सांसद बनाएको छ ।

समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाउँदा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश गरिएको हो ।

महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद हुनुभएको हो । प्रधानमन्त्री र गृहमन्त्री दुवैको पत्नी समानुपातिकमा अटेपछि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ।

समानुपातिकको ब्यवस्था पहुँच नहुनेका लागि आरक्षणका रुपमा राखिएको हो । तर सरकारको नेतृत्व गरेकै दल कांग्रेसले सभापति तथा प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडका पत्नीलाई ल्याएको हो ।