काठमाडौं, मंसिर २५ । पूर्व मिसनेपाल श्रृंखला खतिवडाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैली प्रति कडा आक्रोश पोख्नुभएको छ ।
काठमाडौं महानगरले आफ्नो जिविकापार्जनका लागि ठेलागाडामा ब्यापार गर्नेमाथि गरेको ज्याद्धती अमानवीय रहेको र यस्ले निकै घातक परिणाम दिने बताउनु भएको छ ।
पूर्वमिस नेपाल खतिवडाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘के हामीलाई शहरको ‘सुन्दरता’ त्यती धेरै प्यारो भयो कि ठेलाको ब्यापार पनि देख्न सकेनौ ? भोली त्यै ठेला नआउदा तरकारी कहाँ किन्छौ ? अनौपचारिक छेत्रबिना अहिले नै शहर चल्न सक्दैन ! कि त ठाउँ दिनु पर्यो, यस्तो ज्यजतीले केही समाधान हुँदैन है !’
खतिवडाले काठमाडौं महानगरपालिकाको कायैशैलीबारे अर्काे ट्वीट पनि गर्नुभएको छ । महानगरले सिष्टम बनाएर ब्यवस्थापनतिर ध्यान नदिई आतंकित पार्ने काम गरेको उहाँको निश्कर्ष छ ।
‘अनी सबैको भाडा तिरेर ब्यापार गर्ने क्षमता नहुन सक्छ । भए पनि, पुरानो समयदेखि हामी यस्तै ठेला र डोकोकै भरमा चलेका हैनौं ? दोष ठेलाको कि हाम्रो सिस्टम को त ? के भोली नै शहर भरी औपचारिक भाडा र कर तिर्न सक्ने तरकारी पसल खोल्न सक्छौं हामी ?,’ अर्काे टवीट गर्दै श्रृंखलाले लेख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्