जनता टाइम्स

३ पुष २०७९, आईतवार २१:३१

पहिलो हाफ नहुँदै अर्जेन्टिनालाई फ्रान्स विरुद्ध २–०को अग्रता


काठमाडौं, ३ पुस । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा अर्जेन्टिनाले दोस्रो गोल गरेको छ ।खेलको ३६औं मिनेटमा एञ्जल डिमारियाले गोल गरेसँगै अर्जेन्टिना २-० ले अघि लागेको हो ।

यसअघि, अर्जेन्टिनाका डि मारियालाई फ्रान्सका खेलाडीले डी एरियाभित्र लडाएपछि रेफ्रीले खेलको २१औं मिनेटमा पेनाल्टी दिएका थिए । कप्तान लियोनल मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गरेपछि अअर्जेन्टिना २-० ले अघि बढेको छ ।