जनता टाइम्स

४ पुष २०७९, सोमबार १०:५७

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमाथि लगाम : बिदा वा कार्यक्षेत्र छाडन मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य


काठमाडौं, पुस ४ । सरकारले जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमाथि लगाम लगाएको छ । दुवै निकायका प्रमुख प्रशासकीय अधिकृतले अव पूर्व स्वीकृति लिएर मात्रै बिदामा बस्नुपर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै मन्त्रालयबाट बिदा स्वीकृत गराएर मात्रै बिदा बस्न निर्देशन दिएको हो ।

मन्त्रालयले जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिना जानकारी बिदामा बस्दा सेवा प्रवाहमा समस्या देखिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहका प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी बिना जानकारी कार्यक्षेत्र छोडेर हिँड्दा सेवा प्रवाहमा असर परेको गुनासो मन्त्रालयमा आएपछि यस्तो निर्णय लिइएको हो ।