जनता टाइम्स

१४ पुष २०७९, बिहीबार ०६:५५

एकीकृत समाजवादी आन्तरिक छलफलमा


काठमाडौं, १४ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु नयाँ परिस्थितिबारेमा राय परामर्श लिन जुट्नुभएको छ ।

प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन अघि सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी अहिलेको सरकारमा सहभागी छैन ।

प्रधानमन्त्री दाहालले सरकारमा सामेल गराउने सन्दर्भमा बुधबार बिहान समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले बुधबार अध्यक्षसहितको भर्चुअल बैठकमा समसामयिक राजनीतिक विषयमा राय सङ्कलन एवम् छलफल भएको जानकारी दिनुभयो ।

बैठकमा जिल्ला कमिटीका ईन्चार्ज, सह–ईन्चार्ज र पदाधिकारीहरु सहभागी सो बैठकमा सकारात्मक छलफल भएको उहाँको भनाइ छ ।