जनता टाइम्स

३० पुष २०७९, शनिबार ०८:४३

राष्ट्रिय जनता दलका नेता यादवको निधन


नयाँदिल्ली, ३० पुस । राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका पूर्वसंघय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ७५ वर्षको हुनुहुन्थ्यो ।

यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उहाँनको जन्म गाउँमा अन्तिम संस्कार गरिने भएको छ । उहाँको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धी, राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलगायतले दुःख प्रकट गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।