जनता टाइम्स

६ माघ २०७९, शुक्रबार १८:४६

नेकोस वागमति प्रदेश स्तरीय भलिबल : उपाधिका लागि रामेछाप र चितवन भिड्ने


मन्थली, ६ माघ । रामेछापको सदरमुकाम मन्थलीमा जारी नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि रामेछाप र चितवन भिड्ने भएका छन् । । शुक्रवार भएको सेमिफाइनलमा धादिङलाई हराउँदै रामेछापले चितवनसँग फाइनल भेट पक्का गरेको हो ।

उता यसअघि शुक्रबारै भएको अर्को खेलमा सिन्धुपाल्चोकलाई हराउँदै चितवनले फाइनलमा स्थान बनाएको थियो ।

धादिङलाई २५–२३, २५–१४, २३–२५ र २५–१५को सेटमा हराउँदै रामेछापले चितवनसँगको फाइनल भेट पक्का गरेको हो भने त्यसै गरी सिन्धुपाल्चोकलाई २५–१५,२५–२१ र २५–१४ को जित निकाल्दै चितवन टोली रामेछापसँग भिडने भएको हो ।

अब रामेछाप र चितवनबिचको फाइनल खेल शनिवार मध्यान्ह १२ बजे हुने आयोजक नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले जनाएको छ । लिग कम नक आउट वेस्ट अफ फाइभ सिस्टममा खेलाइएको प्रतियोगितामा तेस्रो स्थानका लागि शनिवार बिहान ८ः३० बजे धादिङ र सिन्धुपाल्चोकबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।