पश्चिम नवलपरासी, फागुन ९ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका(२ हरकपुरस्थित गण्डक नहरमा एक महिला २ छोरासहित बेपत्ता भएकी छन् ।उनी आज दिउँको २ बजे उनले दुई छोरा लिएर हाम फालेकी हुन्।
स्थानीय तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित मंगलबार दिउँसो हाम फाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका तीनै जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताउनु भयो । उनका श्रीमान वैदेशिक रोजगारमा गएका छन्।
प्रतिमा के कति कारणले हाम फालिन भन्ने बारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्