काठमाडौं, फागुन १० । राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा छिमेकीको चासो अस्वभाविक रुपमा बढेको पाइएको छ । चिनिया राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड भेटेलगत्तै भारतीय राजदूत बालुवाटार पुगेपछि अस्वभाविक चलखेल देखिएको हो ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव आज बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी राष्ट्रपतिको बिषयमा चासो राख्नुभएको छ । बुधबार बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएको हो ।
चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि भारतीय राजदूत श्रीवास्तव बालुवाटार पुग्नुभएको हो । राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेको बालुवाटार स्रोतले बताएको छ ।
जवाफमा प्रचण्डले राजनीतिक दलहरूबीच सहमतिको प्रयास भइरहेको जनाउनु भएको छ । भेटमाराजदूत श्रीवास्तवले प्रधानमन्त्रीबाटै १२ बुँदेका हिमायतीहरु मिल्न जरुरी रहेको भनाई उधृत गर्दै सो काममा भारतको समेत भूमिका रहेको स्मरण गराएको स्रोतको दावी छ ।













प्रतिक्रिया दिनुहोस्