काठमाडौं, १४ फागुन । परराष्ट्रमन्त्री विमला राई पौड्याल आज जेनेभा जाँदै हुनुहुन्छ । आजै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँ संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताउनुभयो ।
साथै बैठकमा मन्त्री पौड्यालले द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयको प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । मन्त्री पौड्याल जेनेभाबाट अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुन दोहा आउने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्