जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १८:१३

काठमाडौंमा पहिलो हिउँदे बर्षा


काठमाडौं, फागुन १४ । काठमाडौंमा आइतबार भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ। बर्षासँगै आन्तरिक तथा अन्त्राष्ट्रिय उडान प्रभावित भएका छन ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपात भइरहेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।