जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १०:३१

दाङमा स्कुटर चोरी प्रकरण : डिएसपीकै निर्देशनमा चोरलाई मुद्धा चलाउन नदिएको छानविन समितिको निष्कर्ष


दाङ, फागुन २१ । प्रहरीको छानविन समितिले प्रहरी अधिकृतकै संरक्षणमा दाङमा स्कुटर चोरीका घटनामा संलगनलाई उन्मुक्ति दिने गरेको निश्कर्ष निकालेको छ ।

दाङ प्रहरीले स्कुटर चोरीमा संलग्न युवालाई बचाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले वनाएको छानविन समितिले प्रहरीले स्कुटर चोर चिनजानको आधारमा मुद्धा नचलाई छोडेको निष्कर्ष निकालेको हो । घटनाबारे यथार्थ छानबिन गर्न बनेको समितिले कार्यालय प्रमुखकै निर्देशनमा पिडितकै सहमति लिएर प्रहरीले स्कुटर चोरलाई चिनजानका आधारमा मुद्धा नचलाई छोड्न निर्देशन दिएपछि मुद्धा ढिसमिस पारिएको पुष्टि गरेको हो ।

लुम्विनि प्रदेश प्रहरी प्रमुख डिआइजि टेकप्रशाद राइलाई छानविन समितिले प्रतिवेदन बुझाइसकेको छ । पीडितले पनि स्कुटर चोर आफन्त भएकोले मुद्धा नचलाउन भनेको र प्रहरीले त्यसमा सहजिकरण गरेर मुद्धा मिलाई दिएको छानविन समितिले निष्कर्ष निकालेको डिआईजि राइले बताउनु भयो ।

‘कार्यालय प्रमुखकै निर्देशनमा स्कुटर चोरलाई मुद्धा नचलाई छोड्ने काम भएको छ, छानविन प्रतिवेदन मैले अध्ययन गर्दै छु, छानविन समितिले औल्याएका कमजोरी अनुसार नै सुरक्षा अधिकारीलाई विभागिए कारवाही हुन्छ, प्रहरी प्रधान कार्यालयवाट गर्नुपर्ने कारवाहीमा मैले सिफारीस नै गर्छु, प्रहरीको शंकास्पद गतिविधिले संगठन नै वदनाम गर्ने काम भयो,’ राईले भन्नुभयो ।

स्कुटर चोरलाई मुद्धा नचलाई छोड्ने वेला एसपि विरबहादुर वलि विदामा बसेको र उहाँ विदामा बसेका वेला निमीत्त प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपि राजन गौतमले स्कुटर चोरलाई छोड्न निर्देशन दिएको छानविन समितिको निष्कर्ष निकालेको छ । डिआइजि राइले स्कुटर चोरलाई प्रहरीले नै संरक्षण गरेको शन्देश प्रवाह भएकाले यसमा प्रहरी संगठनले गलत मनसाय राखेर काम गर्ने प्रहरी अधिकारीलाई कारवाही हुने बताउनु भयो ।

सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि डिआइजी राइले घटनाबारे ध्यानाकर्षण जनाउदै भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा घटनाबारे सत्य तथ्य छानविन गर्न समिति बनाउनु भएको थियो ।

घोराहीको मुख्य चोक बिपिचोक नजिकै रहेको टिभिएस शोरुमबाट दिउसै स्कुटर चोरी भएको र चोरीमा संलग्न युवालाई प्रहरीले मुद्धा नचलाई छाडेको समाचार सार्बजनिक भएको थियो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए नभएको बारे छानबिन गरेर कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएपछि प्रदेश प्रहरीमा कार्यरत एसपि नबरत्न पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बिपिचोकको टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगेपछि शोरुम सन्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोशसहित लेखेका थिए । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखेर प्रहरीमा उजुरी नै दिइएको थियो ।

चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउनु भयो । बिष्टले सिसि क्यामरा फुटेजसहित निवेदन सोहि दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाउनु भएको थियो । त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटि फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सिसिटिभि फुटेजको सहारामा स्कुटि चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो । माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरिमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर स्कुटि चोरिमा संलग्न ब्यक्तिलाई मुद्धा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताउनु भएको थियो ।