जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार १४:५०

आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति


बैतडी, २७ फागुन । बैतडीमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको हो । गएराति पौने नौ बजेतिर पसलमा आगलागी भएको बताइएको छ ।

आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मेलौली जनाएको छ । आगलागीबाट पसलमा भएका सबै सरसमान जलेर नष्ट भएका बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।