जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १५:३६

रामचन्द्र पौडेलले गरे कांग्रेस परित्याग


काठमाडौं, २८ फागुन । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गर्नुभएको छ । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उहाँले पदद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आज कांग्रेस परित्याग गर्नुभएको हो ।

आज उहाँले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिनुभएको हो । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाउनुभएको हो । नवनिर्वाचित राष्ट्रपति पौडेलले भोली पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।