जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १६:१६

बैठक चलिरहेकै बेला कार्यकक्षमै महिला कर्मचारीमाथि यौनजन्य हर्कत गर्ने डिन निलम्बित


चितवन, चैत २। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ ।

जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताउनु भयो । उहाँले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताउनु भयो ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेर महिला कर्मचारीसँग यौनजन्य हर्कत गर्नुभएको थियो । सो भिडियो सार्वजनिक भएको हो ।

दत्त कृषि संकायको डीनको ४ बर्षे पहिलो कार्यकाल पूरा गरेर अहिले थप ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त हुनुभएको थियो ।