जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १६:४४

रामसहाय यादव उपराष्ट्रपति निर्वाचित


काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा १० दलीय गठबन्धनबाट संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाउनुभयो ।

निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी हुनुभएको हो । एमालेको अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेकाे मतदानबाट १६ हजार ३२८ मतभार कायम भयाे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाउनुभयो ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाउनुभयो । तर, यादवले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पार्नुभएको थियो ।